२०८३, १४ बैशाख मंगलबार

काभ्रे नेकपामा रुकु र टोक बहादुरको चर्चा

काभ्रे नेकपामा रुकु र टोक बहादुरको चर्चा


काठमाण्डौ, ८ बैशाख: जब जब केन्द्रमा पार्टीका दुई अध्यक्ष बैठक बसेको खबर बाहिरिन्छ तब जिल्लामा तरंग छाउने गरेको छ ।

यस पटकपनि काभ्रे नेकपा भित्र ठूलो हलचल मच्चिएको छ । पार्टीको भावी जिल्ला नेतृत्वको रुपमा चर्चा पाएका ब्यक्तिहरु रिङ आउट भएको पोष्टहरु सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले लेख्न थालेका छन् ।

यसअघि पूर्व माओवादीबाट सूर्यमान दोङ लालध्वज अध्यक्ष र पूर्व एमालेबाट नारायण पाण्डे सचिवका रुपमा सिफारिस भएका थिए । तर दुबैको नाम हटेको नेकपाका कार्यकर्ताहरुको सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

उनीहरुले अपुष्ट खबर भन्दै पूर्व माओवादीबाट रुकु चौलागाई अध्यक्ष र पूर्व एमालेबाट टोक बहादुर वाईबा सचिवमा सिफारिस भएको बताएका छन् ।

केन्द्रमा सचिवालयको बैठक सकिएको छ । बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको बताइएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका पार्टी अध्यक्ष र सचिवको नाम टुंगो लागेको बताए । तर नाम भने भोली मात्रै सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ८ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले