२०८३, ३ असार बिहीबार

कल्पना तामाङको ‘हिउँको आगो’

कल्पना तामाङको ‘हिउँको आगो’


काठमाण्डौ, २५ चैत: साहित्यकार कल्पना तामाङको नयाँ मुक्तक संग्रह ‘हिउँको आगो’ सार्वजनिक भएको छ ।

राजधानीमा भएको एक कार्यक्रमका बीच तामाङको मुक्तक संग्रह सार्वजनिक गरिएको होे । बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेलले मुक्तक संग्रह सार्वजनिक गरे ।

रामेछापको भूमिमा जन्मिएकी कल्पनालाई उर्जाशील स्रष्टाको सरुपमा चित्रण गर्दै बरिष्ठ गजलकार पौडेलले सहित्यमा युवा पिढीँको चासोलाई पाका पुस्ताले साथ दिनुपर्ने बताए ।

मधुवन साहित्यिक प्रतिष्ठान नेपालले तामाङको मुक्तक संग्रह प्रकाशन गरेको हो । कार्यक्रममा निर्मोहि ब्यास, गोविन्द्र गिरी प्रेरणा, शितल गिरी, जीवन खत्री लगायतका साहित्यकारहरुले मुक्तसंग्रहको टिप्पणी गरेका थिए ।

७२ पेज लामो संग्रहमा १२० वटा मुक्तक समावेश गरिएको छ । संग्रहमा सामाजिक, आर्थिक, सास्कृतिक देखि राजनीतिलाई समेत समाविष्ट गरिएको छ । कार्यक्रममा मुक्तककार तामाङले सार्वजनिक गरिएको संग्रहबाट मुक्तक वाचन गरेर सुनाएकी थिइन् ।

मुक्तक वाचन गर्दै मुक्तककार कल्पना तामाङ

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ४ सालुमा जन्मिएकी तामाङको यसअघि पनि पल्लवी रातहरु संयुक्त मुक्तक संग्रह अनि हैसियत–३ र शब्दशिविर नामक संयुक्त गजलसंग्रह प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : २०७५, २५ चैत्र सोमबार  ९ : २५ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित