२०८३, ७ कार्तिक शनिबार

काभ्रे कोशीपारीका वडाध्यक्षले दिए स्थानीयलाई पानी खुवाउने जिम्मा प्रतिद्धन्द्धीलाई

काभ्रे कोशीपारीका वडाध्यक्षले दिए स्थानीयलाई पानी खुवाउने जिम्मा प्रतिद्धन्द्धीलाई


रवि धिताल, धुलिखेल २३ चैतः कतिपय ठाउँमा अझै पनि चुनावको इगो बाँकी छ । विजयी बनेका प्रतिनिधिलाई असफल बनाउन प्रतिद्धन्द्धीहरु लागेका भेटिन्छन् । विजयी भएपछि प्रतिद्धन्द्धीलाई विश्वासमा लिएर काम गर्ने जनप्रतिनिधि पनि निकै कम देखिन्छन् ।

तर काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले भने आफ्नै प्रतिद्धन्द्धीलाई वडाका स्थानीयलाई खानेपानी खुवाउने जिम्मा दिएका छन् । वडाध्यक्ष रेशम प्रसाद चौलागाईले आफुसँगै निर्वाचनमा प्रतिस्पार्धा गरेका तत्कालिन एकीकृत माओवादीका उम्मेवार रमेश ठकुरीलाई सिँगो वडामा खानेपानी पुर्याउने आयोजनाको जिम्मा दिएका हुन् ।

निर्वाचनमा ५० मतले हार ब्यहोरेका ठकुरीलाई वडाध्यक्ष चौलागाईले खानेपानीको जिम्मा लगाउन करिब २ सय जना भन्दा बढी स्थानीय भेला गरेका थिए । स्थानीयको भेलाले चौरीखोला पाथिभरा लिफ्टिङ खानेपानी आयोजना निर्माण समितिको अध्यक्ष ठकुरीलाई बनाएको हो । ‘उहाँको पनि चुनावी योजना नै थियो, मेरो पनि योजना उहि हो । चौरीखोला पाथिभरा लिफ्टिङ खानेपानी आयोजना मार्फत वडाबासीलाई पानी खुवाउने, वडाध्यक्ष चौलागाईले भने ‘यहि योजनालाई पुरा गर्न खानेपानीको जिम्मा उहाँलाई दिइएको हो ।’

यादव राज गिरी अध्यक्ष रहेको पुरानो समिति विघठन गरी नयाँ कार्य समिति चयन भएसँगै खानेपानी आयोजना निर्माणको काम तीब्र गतिमा अघि बढ्ने निश्चित भएको छ । खानेपानीको चरम समस्या झेल्दै आएका स्थानीयहरुलाई पानी पुर्याउन विगत ८ वर्षदेखि चौरीखोला पाथिभरा लिफ्टिङ आयोजना सञ्चालन हुदैँ आएको छ । तर आर्थिक अभावका कारण चालु आर्थिकको हालको अवधिसम्म काम हुन सकेको थिएन् ।

नयाँ समितिले चालु आर्थिक वर्षको बाँकी तीन महिला भित्र प्रदेश सरकारबाट प्राप्त ५० लाख, वडा कार्यालयले विभिन्न योजना शीर्षकबाट कटाएको २७ लाख रुपैयाँमा साविकको वडा नम्बर ६ ज्यामिरेसम्म चौरीखोलाको पानी झार्ने गरी काम गर्ने छ ।

त्यस्तै गाउँपालिकाबाट समेत उक्त खानेपानी आयोजना पूरा गर्न लागिका रकम अभाव हुन नदिने आश्वासन पाएको वडाध्यक्ष चौलागाईले बताए । ‘आवश्यक रकम प्राप्त भएमा यो चालु आर्थिक वर्ष नै पाथिभरा मन्दिरको डाँडामा निर्माण भएको ट्याङकीमा पानी पुर्याउन सकिन्छ, उनले भने ‘कुनै कारण रकम जुटाउन नसके ज्यामिरेसम्म मात्रै भएपनि खानेपानी पु¥याएरै छाड्छौँ ।’

लिफ्टिङ आयोजना अन्तर्गत पाले घर निर्माण ट्याङकी निर्माणसम्मको काम सकिएको छ । त्यस्तै ट्रान्समिटर गाउँमा पुगिसकेको छ । अब पानी वितरणका लागि पाइप विछ्याउने काम समेत अघि बढ्ने वडाध्यक्ष चौलागाईले बताए । धुलिखेल स्थित तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले उक्त खानेपानी आयोजना पूरा हुन ८ करोड ८५ लाख रुपैयाँ लागत लाग्ने स्टामिट गरेको थियो ।

प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार  ९ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना