२०८३, १४ बैशाख मंगलबार

काभ्रे कोशीपारीका वडाध्यक्षले दिए स्थानीयलाई पानी खुवाउने जिम्मा प्रतिद्धन्द्धीलाई

काभ्रे कोशीपारीका वडाध्यक्षले दिए स्थानीयलाई पानी खुवाउने जिम्मा प्रतिद्धन्द्धीलाई


रवि धिताल, धुलिखेल २३ चैतः कतिपय ठाउँमा अझै पनि चुनावको इगो बाँकी छ । विजयी बनेका प्रतिनिधिलाई असफल बनाउन प्रतिद्धन्द्धीहरु लागेका भेटिन्छन् । विजयी भएपछि प्रतिद्धन्द्धीलाई विश्वासमा लिएर काम गर्ने जनप्रतिनिधि पनि निकै कम देखिन्छन् ।

तर काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले भने आफ्नै प्रतिद्धन्द्धीलाई वडाका स्थानीयलाई खानेपानी खुवाउने जिम्मा दिएका छन् । वडाध्यक्ष रेशम प्रसाद चौलागाईले आफुसँगै निर्वाचनमा प्रतिस्पार्धा गरेका तत्कालिन एकीकृत माओवादीका उम्मेवार रमेश ठकुरीलाई सिँगो वडामा खानेपानी पुर्याउने आयोजनाको जिम्मा दिएका हुन् ।

निर्वाचनमा ५० मतले हार ब्यहोरेका ठकुरीलाई वडाध्यक्ष चौलागाईले खानेपानीको जिम्मा लगाउन करिब २ सय जना भन्दा बढी स्थानीय भेला गरेका थिए । स्थानीयको भेलाले चौरीखोला पाथिभरा लिफ्टिङ खानेपानी आयोजना निर्माण समितिको अध्यक्ष ठकुरीलाई बनाएको हो । ‘उहाँको पनि चुनावी योजना नै थियो, मेरो पनि योजना उहि हो । चौरीखोला पाथिभरा लिफ्टिङ खानेपानी आयोजना मार्फत वडाबासीलाई पानी खुवाउने, वडाध्यक्ष चौलागाईले भने ‘यहि योजनालाई पुरा गर्न खानेपानीको जिम्मा उहाँलाई दिइएको हो ।’

यादव राज गिरी अध्यक्ष रहेको पुरानो समिति विघठन गरी नयाँ कार्य समिति चयन भएसँगै खानेपानी आयोजना निर्माणको काम तीब्र गतिमा अघि बढ्ने निश्चित भएको छ । खानेपानीको चरम समस्या झेल्दै आएका स्थानीयहरुलाई पानी पुर्याउन विगत ८ वर्षदेखि चौरीखोला पाथिभरा लिफ्टिङ आयोजना सञ्चालन हुदैँ आएको छ । तर आर्थिक अभावका कारण चालु आर्थिकको हालको अवधिसम्म काम हुन सकेको थिएन् ।

नयाँ समितिले चालु आर्थिक वर्षको बाँकी तीन महिला भित्र प्रदेश सरकारबाट प्राप्त ५० लाख, वडा कार्यालयले विभिन्न योजना शीर्षकबाट कटाएको २७ लाख रुपैयाँमा साविकको वडा नम्बर ६ ज्यामिरेसम्म चौरीखोलाको पानी झार्ने गरी काम गर्ने छ ।

त्यस्तै गाउँपालिकाबाट समेत उक्त खानेपानी आयोजना पूरा गर्न लागिका रकम अभाव हुन नदिने आश्वासन पाएको वडाध्यक्ष चौलागाईले बताए । ‘आवश्यक रकम प्राप्त भएमा यो चालु आर्थिक वर्ष नै पाथिभरा मन्दिरको डाँडामा निर्माण भएको ट्याङकीमा पानी पुर्याउन सकिन्छ, उनले भने ‘कुनै कारण रकम जुटाउन नसके ज्यामिरेसम्म मात्रै भएपनि खानेपानी पु¥याएरै छाड्छौँ ।’

लिफ्टिङ आयोजना अन्तर्गत पाले घर निर्माण ट्याङकी निर्माणसम्मको काम सकिएको छ । त्यस्तै ट्रान्समिटर गाउँमा पुगिसकेको छ । अब पानी वितरणका लागि पाइप विछ्याउने काम समेत अघि बढ्ने वडाध्यक्ष चौलागाईले बताए । धुलिखेल स्थित तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले उक्त खानेपानी आयोजना पूरा हुन ८ करोड ८५ लाख रुपैयाँ लागत लाग्ने स्टामिट गरेको थियो ।

प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार  ९ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले