२०८३, ७ कार्तिक शनिबार

काभ्रे कोशीपारीका वडाध्यक्षले १५ दिनमा गर्छु भनेको काम १३ दिनमै पुरा गरे

काभ्रे कोशीपारीका वडाध्यक्षले १५ दिनमा गर्छु भनेको काम १३ दिनमै पुरा गरे


धुलिखेल, २२ चैत: काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले १५ दिनमा पुरा गर्छु भनेको काम १३ दिनमै पूरा गरिदिएका छन् ।

रेडियो नमोबुद्धले यहि चैत ९ गते आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा बाचा गरेको कुरा वडाध्यक्ष रेशम प्रसाद चौलागाई पूरा गरेका हुन् ।

कार्यक्रममा स्थानीय खड्का बहादुर पन्तले कृषकहरुलाई दूध बोक्ने क्यानको ब्यवस्था गरिदिने वडा कार्यालयसँग के योजना छ ? भनि प्रश्न सोधेका थिए ।

जवाफमा वडाध्यक्ष चौलागाईले क्यानको ब्यवस्था गर्न १५ दिनको समय मागेका थिए । वडा कार्यालयले ६८ जना कृषकलाई ५ लिटर दूध अट्न क्यान वितरण गरे हो ।

क्यानको उचित ब्यवस्था नहुदाँ कृषकलाई आफ्नै वडामा सञ्चालन भइरहेको दुग्ध विकास संस्थानको डेरीसम्म दूध पुर्याउन अप्ठ्यारो भएको थियो । वडा कार्यालयले क्यान विरतण गरेपछि आफुहरुलाई निकै सजिलो भएको कृषक रमेश ठकुरीले बताए ।

क्यान वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष चौलागाईले आफु पनि कृषक नै भएकाले कृषकहरुको हरेक समस्या समाधान गर्दै जाने बताए । उनले अब सहुलियत पूर्ण कृषि ऋणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । ‘हाम्रो ठाउँमा हुने भनेको कृषी र पशु नै हो, वडाध्यक्ष चौलागाईले भने ‘वडा कार्यालय कृषकहरुको हरेक समस्या समाधान गरेर अघि बढ्न तयार छ ।’

कृषकहरुले दूग्ध विकास संस्थानले तोकेको दर रेटले आफुहरुको लागत नउठ्ने भन्दै पहल गरिदिन वडाध्यक्ष चौगाईसँग अनुरोध पनि गरेका छन् । संस्थानले अहिले एक ल्याक्टो प्रति २ रुपैयाँ ६५ पैसा र एक प्याटमा ५ रुपैयाँ मूल्य दिदैँ आएको छ ।

तर पाँचखालमा भने ११ रुपैयाँ प्रति प्याट मूल्य रहेको छ । कात्तिकेदेउरीका कृषकहरुले पनि पाँचखालकै मूल्य पाउनु पर्ने माग राखेका छन् । संस्थानमा अहिले दैनिक ५ सय लिटर दूध संकलन हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७५, २२ चैत्र शुक्रबार  ८ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना