२०८३, १४ बैशाख मंगलबार

काभ्रे कोशीपारीका वडाध्यक्षले १५ दिनमा गर्छु भनेको काम १३ दिनमै पुरा गरे

काभ्रे कोशीपारीका वडाध्यक्षले १५ दिनमा गर्छु भनेको काम १३ दिनमै पुरा गरे


धुलिखेल, २२ चैत: काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले १५ दिनमा पुरा गर्छु भनेको काम १३ दिनमै पूरा गरिदिएका छन् ।

रेडियो नमोबुद्धले यहि चैत ९ गते आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा बाचा गरेको कुरा वडाध्यक्ष रेशम प्रसाद चौलागाई पूरा गरेका हुन् ।

कार्यक्रममा स्थानीय खड्का बहादुर पन्तले कृषकहरुलाई दूध बोक्ने क्यानको ब्यवस्था गरिदिने वडा कार्यालयसँग के योजना छ ? भनि प्रश्न सोधेका थिए ।

जवाफमा वडाध्यक्ष चौलागाईले क्यानको ब्यवस्था गर्न १५ दिनको समय मागेका थिए । वडा कार्यालयले ६८ जना कृषकलाई ५ लिटर दूध अट्न क्यान वितरण गरे हो ।

क्यानको उचित ब्यवस्था नहुदाँ कृषकलाई आफ्नै वडामा सञ्चालन भइरहेको दुग्ध विकास संस्थानको डेरीसम्म दूध पुर्याउन अप्ठ्यारो भएको थियो । वडा कार्यालयले क्यान विरतण गरेपछि आफुहरुलाई निकै सजिलो भएको कृषक रमेश ठकुरीले बताए ।

क्यान वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष चौलागाईले आफु पनि कृषक नै भएकाले कृषकहरुको हरेक समस्या समाधान गर्दै जाने बताए । उनले अब सहुलियत पूर्ण कृषि ऋणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । ‘हाम्रो ठाउँमा हुने भनेको कृषी र पशु नै हो, वडाध्यक्ष चौलागाईले भने ‘वडा कार्यालय कृषकहरुको हरेक समस्या समाधान गरेर अघि बढ्न तयार छ ।’

कृषकहरुले दूग्ध विकास संस्थानले तोकेको दर रेटले आफुहरुको लागत नउठ्ने भन्दै पहल गरिदिन वडाध्यक्ष चौगाईसँग अनुरोध पनि गरेका छन् । संस्थानले अहिले एक ल्याक्टो प्रति २ रुपैयाँ ६५ पैसा र एक प्याटमा ५ रुपैयाँ मूल्य दिदैँ आएको छ ।

तर पाँचखालमा भने ११ रुपैयाँ प्रति प्याट मूल्य रहेको छ । कात्तिकेदेउरीका कृषकहरुले पनि पाँचखालकै मूल्य पाउनु पर्ने माग राखेका छन् । संस्थानमा अहिले दैनिक ५ सय लिटर दूध संकलन हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७५, २२ चैत्र शुक्रबार  ८ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले