२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको घरमै चोरीको विद्यूत

काभ्रेमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको घरमै चोरीको विद्यूत


काठमाण्डौ, २१ चैतकाभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विद्यूत चोरीमा संलग्न भएको पाइएको छ ।

नेपाल विद्यूत प्राविधिकरण बनेपा शाखाको टोलीले वडाध्यक्ष तारामान लामाको घरमा चोरी गरेको विद्यूतबाट सञ्चालन गरिरहेको सामग्री बरामद गरेको हो ।

उनको घरबाट फ्रिज र मिटरबक्स निय्रन्त्रणमा लिएको प्राधिकरणका इन्जिनियर नरेश मानन्धरले जानकारी दिए । तर नगरपालिकाको अध्ययन भ्रमणक्रममा महेन्द्रनगरबाट खबरघरसँग कुरा गर्दै उनले आफ्नो घरमा प्राविधिकरणको टोली पुगेको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

वडाध्यक्ष लामाको घरबाट बरामद भएको फ्रिज

तपाईले चोरी गरेको विद्यूत बाल्दै आइरहनु भएको थियो हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने बत्ती बालेको हो, होइन भन्न त मिल्दैन् ।

गाउँमा विद्यूत चुहावट भएको गोप्य सुचनाको आधारमा प्राविधिकरणको टोली वडा नम्बर ११ पुगेको थियो । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

वडाध्यक्ष लामाले धेरै पहिलो देखि विद्यूत चोरी गरेर घरमा विद्यूत बाल्दै आएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । सर्भिस केबल मिटरबक्समा नजोडि उनले सिधैँ बत्ती बाल्दै आएको भेटिएको हो ।

तर परिवारले भने भूकम्पपछि मात्रै यसरी बत्ती बालेको दाबी गरेका छन् । ‘हामीले भूकम्पछि पैसा तिरेको बील देखाउन भन्यौ, इन्जिनियर मानन्धरले भने ‘तर उहाँहरुले देखाउन सक्नुभएन् । त्यसैले चोरी धेरै अघिदेखि भएको हुन्छ सक्छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’

बडाध्यक्ष लामा उपर विद्यूत चोरी ऐन २०५९ अनुसार कारबाही गरिने विद्युत प्राविधिरण बनेपा शाखाले जनाएको छ । ऐन अनुसार एकवर्ष खपत यूनिट रकम बराबरको जरिवाना र बाँकी बक्यौता तिर्नु पर्ने हुन्छ । यदि विद्यूत चोरी गरेको पुष्टिभएको ३५ दिनभित्र विद्यूत प्राविधिरणमा सबै बक्यौता नतिरे ६ महिनासम्म कैद हुने कानुनी ब्यवस्था छ ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  ७ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना