२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री र सात मूख्य मन्त्री बिच छलफल

प्रधानमन्त्री र सात मूख्य मन्त्री बिच छलफल


काठमाण्डौ, २१ चैत: प्रधानमन्त्री केपी शार्मा ओलीले सात वटै प्रदेशका मूख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । बिहिबार विहान भएको छलफलमा प्रदेश १ का मूख्य मन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणी पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ सहभागि थिए ।

त्यस्तै प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्ररेल, सुदुरपश्चिम प्रदेशका त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहि सहभागि थिए ।


छलफलमा मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।

बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशको बजेट न्युन भएकाले त्यसलाई बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रदेश २ का मुख्यमन्त्री राउतले कम्तिमा ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाउनुपर्ने बताए ।

बैठकमा प्रदेश २ का बारा र पर्सा जिल्लामा आँधीहुरीले पुर्याएको क्षतिको पुनर्निर्माण, राहत वितरण तथा पीडितको पुनःस्थापनालाई पनि तीव्रता दिने सहमति भएको छ । पीडितका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग राय मागेका थिए ।

मुख्यमन्त्रीहरुले बजेटको न्यायोचित वितरण तथा स्थानीय र प्रदेश सरकारबीच समन्वयमा जोड दिएका हुन् । प्रधानमन्त्रीले आफूहरुको कुरालाई सकारात्मक रुपमा लिएको र छिट्टै स्थानीय, प्रदेश र संघबीच समन्वय गरेर अगाडि बढ्न राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने आश्वासन दिएको मुख्यमन्त्रीहरुले बताएका छन् ।

अन्तर प्रदेश समन्वय परिषदको बैठक आगामी बैशाख १२/१३ गतेभित्र बोलाउने प्रधानमन्त्रीको भनाइ रहेको प्रदेश १ का मुख्यमन्त्री राईले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  १० : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना