२०८२, ४ माघ आईतबार

शालोम एकेडेमीको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

शालोम एकेडेमीको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न


बनेपा, १२ चैत : बनेपास्थित शालोम एकेडेमी मण्टेश्वरी स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह एक कार्यक्रम बीच शुक्रवार सम्पन्न भएको छ । सो समारोहको अवसरमा विद्यालयबाट उत्तीर्ण गरी अन्य विद्यालयमा माथिल्लो कक्षामा जान लागेका विद्यार्थीहरुलाई शिक्षासेवी एवम् एभरेष्ट फाउण्डेशन नेपाल तथा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष तेजनारायण श्रेष्ठले दिक्षित गरेका थिए ।

विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पदक, सम्मानपत्र, प्रशंसापत्र तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट अभिभावकलाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शालोम एकेडेमी स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगति गरेको र शिक्षण सिकाइमा बाल मैत्री वातावरण बनाउँदै अभिभावकको मन जित्न सफल भएकोमा प्रशंसा गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल सिमोन देवापाते तथा शिक्षिका सबिता बुढाथोकीले विद्यालयको गतिविधि तथा आगामी दिनका कार्ययोजना प्रस्तुत गर्दै शिक्षण सिकाइमा बालबालिकाका लागि नयाँ पद्धति शुरु गर्दै समय सापेक्ष ज्ञान बाँडदै जाने बताए । अभिभावकको तर्फबाट अभिभावक तथा सञ्चारकर्मी उजाड रक्तिमले शिक्षा व्यवहारिक तथा वैज्ञानिक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवी÷शिक्षासेवी तेज नारायण श्रेष्ठलाई विद्यालयको तर्फबाट ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य आदिका माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५, १२ चैत्र मंगलबार  ९ : ३७ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ