२०८३, ५ आश्विन मंगलबार

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि निर्वाचित

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि निर्वाचित


काभ्रे । नेकपा एमालेको प्रदेश नम्बर ३ को संसदीय दलको निर्वाचनले मकवानपुरका सांसद डोरमणि पौडेललाई दलको नेतामा निर्वाचित गरेको छ । प्रदेश नम्बर ३ मा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेको चर्चा भए पनि संसदीय दलको निर्वाचनमा भने पौडिेल निर्वाचित भएका छन् । दलको नेताको लागि राजेन्द्र पाण्डेले दावी गर्दै आए पनि उनले उम्मेदवारी भने दिएनन् । यससँगै पौडेललाई प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेता चुन्न एमालेको शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाएकी थिइन् । प्रदेश नम्बर ३ मा नेकपा एमालेको ५८ जना सांसद छन् । निर्वाचित भएपछि पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  ६ : २९ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको