२०८३, ३० जेष्ठ आईतबार

ओली र प्रचण्डबीच डेढ घण्टा गोप्य वार्ता

ओली र प्रचण्डबीच डेढ घण्टा गोप्य वार्ता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र सरकार गठनबारे बाहिर गरिएको आशंकालाई चिर्ने गरी अघि बढ्ने समझदारी भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको निवास बाल्कोटमा बुधबार भएको भेटवार्तामा दुई अध्यक्षबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभाबारे करिब डेढ घण्टा गोप्य छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल पाँच दिनसम्म चितवन बसेर दुई शीर्ष नेताबीच भेटवार्ता हुन नसक्दा पार्टी एकीकरण र सरकार गठनबारे अनेक आशंका गरिएको थियो । तर बुधबार दुई अध्यक्षबीच वरण्डाको पारिलो घाममा भएको छलफलमा एक दुई दिनभित्रै पार्टी एकताको मोडालिटी र सरकार गठनबारे संयोजन समितिको बैठक बोलाएर औपचारिक धारणा तय गर्ने समझदारी भएको बताइएको छ ।

छलफलमा वर्तमान सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा पनि दुवै नेता एकमत भएका छन् । निर्वाचन आयोगले तत्काल प्रतिनिधिसभाको समानुपातिक सिट विभाजन सार्वजनिक गरेर नयाँ सरकार गठनको वातावरण सहज बनाउनुपर्नेमा पनि दुवै नेताले जोड दिएका छन् ।

प्रकाशित मिति : २०७४, १२ पुस बुधबार  ८ : ३५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क