२०८३, १० असार बिहीबार

सासंद बन्ने डन गणेश लामाको यात्रामा पुर्णविराम

सासंद बन्ने डन गणेश लामाको यात्रामा पुर्णविराम


काठमाण्डौँ/सासंद बन्ने र आफु माथि लागेका कयन मुद्दामा उन्मुक्ति पाउने सपना बनाएका डन गणेश लामा अन्ततःपराजित भएका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धन उम्मेदवार चन्द्र लामाले डन गणेशलाई निकै प्रतिस्पर्धात्मक रुपमा हराएका हुन् ।

आइतबार मध्य रात सार्वनिक मत परिणाम अनुसार नेकपा एमालेका चन्द्र लामाले गणेशलाई ४ हजार १७७ मत अन्तरले पराजित गरे । अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको गणेशले २० हजार २७० मत प्राप्त गरे भने चन्द्र २४ हजार ४४७ ल्याएर विजयी बने ।

 

राजधानी काठमाण्डौमा काभ्रेली समूह मार्फत हप्ता असुलीदेखि ठेक्कपठ्ठाको धन्दामा समेत सक्रिय रहदैँ आएका छन् । उनले प्राप्त गरेको यो मतलाई हलुका रुपमा भने लिने मिल्दैन् ।

विजय कुमार गच्छादार नेतृत्व गरेको तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । तर गच्छदार नेपाली काँग्रेसमा विलय भएसँगै उनले प्रदेशसभाको टिकट पाएका हुन् । गणेश २०७० मा भएको संविधानसभा निर्वाचनमा समेत फोरमका तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

यहि निर्वाचन क्षेत्रको प्रदेश (क) मा बाम गठबन्धनकै रत्न ढकाल विजयी भएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : ०७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा