२०८२, ४ माघ आईतबार

कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन

कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन


काठमाडौँ, ८ चैत : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् । गए राति १२ बजेदेखि आवेदन खुला गरिएको थियो । आज अपराह्न ५ बजेसम्म ५० हजार युवाले आवेदन फारम भरिसकेको इपिएस कोरिया शाखाले जनाएको छ । यस पटकदेखि अनलाइनबाटै दरखास्त शुल्क तिर्ने व्यवस्था मिलाइएपछि आवेदकले विगतमा झै सास्ती व्यहोर्नु परेन ।

विगतका वर्षमा अनलाइन भुक्तानी प्रणाली लागू नगर्दा आवेदकले अघिल्लो दिनदेखि नै बैंक काउन्टर अगाडि लाइन लाग्नुपर्ने अवस्था देखिएको थियो । विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायतबाट दरखास्त शुल्क बुझाउने व्यवस्था मिलाइएपछि यसपटक विगतमा जस्तो आवेदकको भीडभाड कतै पनि देखिएन ।

अनलाइनबाट परीक्षा दस्तुर भुक्तानी गर्न सकिनेबारे जानकारी नपाएका केही युवा बिहानै बैंकको काउन्टर अगाडि लाइन लागे पनि मध्याह्नपछि कुनै पनि बैंकको काउन्टरमा लाइन देखिएको थिएन । आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न सकिनेछ ।

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ६ : ४६ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ