२०८३, १३ बैशाख सोमबार

तेमाल विद्युतमा गोलमाल ! साधारण सभाले हिसाब पास गरेन

तेमाल विद्युतमा गोलमाल ! साधारण सभाले हिसाब पास गरेन



काठमाडौं, २१ फागुन । काभ्रेको सबैभन्दा ठूलो विद्युत सहकारी संस्था तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाको गोलमामा आर्थिक प्रतिवेदन साधारण सभामा पास हुन सकेन । गत शुक्रबार भएको साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सार्किमान तामाङलाई निर्विरोध निर्वाचित गरेको थियो ।

जिल्लाका ग्रामीण वस्तीहरुमा केन्द्रीय प्रशारण लाइनको विद्युत सेवा विस्तारका लागि स्थापित भएका १४ वटा विद्युत सहकारी संस्थामध्ये तेमाल विद्युतीकरण सहकारी संस्था भूगोल र सेवाग्राही उपभोक्ताका हिसाबले सबैभन्दा ठूलो सहकारी संस्था हो । यस संस्थामा ५ हजारभन्दा बढी शेयर सदस्य संख्या रहेको छ । संस्थाको नेतृत्वका लागि सार्किमान सहित डी.एम. लामा र ईन्द्रमान तामाङले समेत दावी गरेका थिए । तर अन्तिम घडिमा आएर सार्किमान तामाङको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति छनौट साधारणसभाले गरेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाकोे साविक विभिन्न ७ वटा गाउँविकास समितिलाई समेटिएको हालको तेमाल गाउँपालिका भित्र यस संस्थाको सेवाक्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरण विभागद्वारा तोकिएको छ । सहकारी संस्थाको साधारणसभामा निवर्तमान अध्यक्ष तथा गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेको सलामसिं तामाङको अध्यक्षतामा रहेको सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भने पास हुन सकेन । साधारणसभामा आम्दानीभन्दा खर्च बढी देखिएपछि विवाद उत्पन्न भएको छ । सलामसिंको नेतृत्वमा रहेको पूर्व सञ्चालक समितिले हिसाब बुझाउन अहिले आलटाल गरिरहेको बताइएको छ ।

तेमाल गाउँपालिकाको ठूलोपर्सेलमा गत शुक्रबार संस्थाको ११ औं साधारणसभा बसेको थियो । नवनिर्वाचित अध्यक्ष तामाङ संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । उनी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष इन्द्रबहादुर अधिकारी, सचिबमा इन्द्रमान तामाङ, कोषाध्यक्षमा कुलबहादुर तामाङ, सहसचिबमा डी.एस. लामा, सदस्यहरुमा रेशमबहादुर तामाङ र प्रेमबहादुर तामाङ रहेका छन् । कार्यसमिति चयन भएका सहसचिव डी.एस. लामा संस्थापक कोषाध्यक्ष हुन् ।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अब नयाँ शिराबाट अघि बढाउन हरतरहले लाग्ने जनाएको छ । नयाँ कार्यसमितिले उपभोक्ताको हितमा निरन्तर लाग्नेछ कार्यसमितिका अध्यक्ष सार्किमान तामाङले भने, ‘सहज रुपमा उज्यालोमा बस्ने आम उपभोक्ताको चाहना भएकाले उपभोक्ताको यो चाहनालाई मर्न दिइने छैन । हामी सधैं उपभोक्ताको समस्यालाई नै केन्द्रमा राखेर संस्थाको गतिविधीलाई अगाडि बढाउनेछौं ।’

साधारणसभालाई प्रमुख अतिथि एवं सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रमको विशेष अतिथिमा सामुदायिक विद्युत राष्ट्रिय महासंघको जिल्ला अध्यक्ष संग्रामजीत लामा र अतिथिमा विद्युत प्राधिकरण काभ्रेका प्रमुख रञ्जन गुरुङ रहेका थिए ।

खासमा किन पास भएनछ त आर्थिक प्रतिवेदन ?

कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन साधारणसभाबाट पास हुन सकेन । आर्थिक विवरण गोलमटोल गरिएकाले नै पासन हुन सकेन सभामा सहभागी एक सदस्यले बताए । साधारणसभामा सहभागी भएका कार्यसमितिका सदस्यहरु समेत आफूलाई चित्त नबुझेपछि सम्बोधन गरेलगत्तै सभा छाडी हिंडेका थिए । साधारणसभामा संस्थाको हिसाबकिताब बिस्तृत रुपमा अध्ययन गरेपछि मात्रै स्वीकार्य हुने र त्यसपछि मात्रै नयाँ कार्यसमितिले हिसाब जिम्मा लिने समझदारी भएको बताइएको छ ।

आम्दानी भन्दा खर्च बढी देखिएको छ । ‘हिसाब पारदर्शी, चुस्त र दुरुस्त छैन । त्यसो भएकाले हामीले पास गर्न सकेनौं ।’ नयाँ सञ्चालक समितिले विस्तृत अध्ययन गर्नेछ र आर्थिक प्रतिवेदनका बारेमा सत्य÷तथ्य सार्वजनिक गर्नेछ, सभामा सहभागी एक सदस्यले भने ।
दुई वर्षअघि हुनु पर्ने साधारणसभालाई आनाकानी गर्दै कार्यकाल लम्ब्याउने काम गर्दै संस्थालाई अव्यवहारिक ढंगले सञ्चालन गरिएको निवर्तमान कार्य समितिका सदस्यहरु नै बताउँछन् । ती सदस्यकाअनुसार संस्थाको खाता बैंकैपिच्छे खोलिएको छ । के कति कारणले धेरै खाताहरु सञ्चालनमा ल्याइयो नयाँ सञ्चालक समितिले यसको खोजी गर्नुपर्छ । यो नयाँ सञ्चालक समितिको दायित्व पनि हो ।

निवर्तमान अध्यक्ष तथा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले साधारण सभा समयमा नगर्दा सञ्चालक समितिको पारदर्शीतामाथि शेयर सदस्यहरुले गम्भीर प्रश्न उठाएका छन् । सलामसिंले नेतृत्व लिनुभन्दाअघि नाफामा रहेको संस्थालाई अहिले घाटा देखाइएकाले उनीहरुमामाथि यस्तो आशंका पैदा भएको हो ।

प्रकाशित मिति : २०७५, २१ फाल्गुन मंगलबार  ८ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले