२०८३, ७ कार्तिक शनिबार

एघार महिनामा विप्लव समूहका ३७५ पक्राउ

एघार महिनामा विप्लव समूहका ३७५ पक्राउ


काठमाडौँ, २० फागुन : नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन् ।

पक्राउ परेकासँग प्रहरीले चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “पक्राउ परेकामध्ये केहीलार्य अनुसन्धान गरेर छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ”, उहाँले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ७ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना