२०८३, ७ कार्तिक शनिबार

बैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी कारागार चलान

बैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी कारागार चलान


काठमाडौँ, फागुन १२ गते वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने भीमप्रसाद दाहाललाई आज काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७४ पुस ३० गतेको फैसलाले दोषी ठहर भई रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महीना कैद सुनाइएकामा उक्त फैसला बेरुजु रही दाहाल फरार हुँदै आएका थिए । दाहालले इजाजतपत्रविना विसं २०७३ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाइ रु तीन लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणले पीडितलाई हर्जनासहितको विगो रकम रु पाँच लाख २५ हजार दिलाइ दिनसमेत फैसला गरेको थियो । अदालतको आदेशले दाहाललाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ६ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना