२०८२, २७ फाल्गुन बिहीबार

काभ्रेको तेमालमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी

काभ्रेको तेमालमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी


काठमाण्डौ २७ माघ: तामाङ समुदायको उदम थलो भनेर चिनिने काभ्रेको तेमालमा सोनाम ल्होछारका अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

यहि माघ २८ गते पोखरी नारायस्थानमा हुने ल्होछार कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गर्ने छन् । कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङ, नविना लामा, प्रदेश सासंद रत्न ढकाल लगायतको पनि सहभागि हुने छन् ।

ह्रिन्जेन दोर्जे स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा चर्चित कलाकारहरु पनि जाने ल्होछार मूल आयोजक समितिका संयोजक पासाङ ढोल्मु लामाले जानकारी दिइन् । उनका अनुसार अभिनास घिसिङ, सञ्जिब वाइबा, विश्व दोङ, विशाल काल्तान, प्रमिला तामाङ, जितु लोप्चन, अशोक तामाङ, रञ्जना मोक्तानका साथै स्थानीय कलाहरुको समेत सहभागितामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

ल्होछार कार्यक्रमको सह आयोजकमा उर्मती एसोशिएसन, नेपाल तामाङ घेदुङ तेमाल गाउँपालिका र काभ्रेली समाज जापान रहेको छ ।
साँस्कृतिक कार्यक्रमले तेमालमा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजक ह्रिञ्जेल दोर्जे स्मृति प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले बताए ।

कार्यक्रममा तेमाल गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई प्रतिष्ठानले सम्मान गर्ने अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ८ : ०६ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा