२०८१, २३ माघ बुधबार

अवैध सुनका बालासहित दुई पक्राउ

अवैध सुनका बालासहित दुई पक्राउ


काठमाडौँ, २५ माघ : प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०÷५० ग्राम तौल भएका सुनका सात थान बाला बरामद गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका–१ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका–२ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान शुरु गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ६ : ५४ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव