२०८३, ७ कार्तिक शनिबार

रातो हाब्रेको छालासहित पक्राउ

रातो हाब्रेको छालासहित पक्राउ


जाजरकोट, ३० पुस : प्रतिबन्धित रेडपाण्डा ९हाब्रे०को छाला कारोवारमा संलग्न भएको आरोपमा आज एक युवकलाई पक्राउ गरिएको छ ।
डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले रोकायलाई पक्राउ गरिएको जनाएको छ ।
वन कार्यालयले दुर्लभ वन्यजन्तुको चोरी–शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीले तीनै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको डिभिजन वन अधिकृत मञ्जुर अहमतले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ८ : ०३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना