२०८३, २८ श्रावण शुक्रबार

ट्रम्पको चट्टानी अडानले विश्वभर असर

ट्रम्पको चट्टानी अडानले विश्वभर असर


काठमाडौं, ३० पुष :अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन् । यसको असर विश्वभर परेको छ। अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ। अमेरिका र उसको बजेट ‘सट डाउन’ विश्वभर बहसको विषय बनेको छ।

चीनसँग व्यापार द्वन्द्वमा परेको मात्र होइन, पश्चिम एसियाली मुलुकमा आतंकवादसँग लडिरहेको अमेरिका आन्तरिक राजनीतिमा फसेको हो। शक्ति राष्ट्रभित्रको शक्ति–संघर्षले कूटनीतिक सम्बन्ध भएका मुलुकमा पनि बहस चुलिएको छ। विश्वभर रहेका अमेरिकी दूतावास ‘सट डाउन’को प्रभावमा छन्। अमेरिकामा फोहोर उठेको छैन भने कर्मचारीले पारि श्रमिक नपाउँदा घर–घरमा समस्या निम्तिने उल्लेख छ।

अमेरिकी दूतावासको वेबसाइट र सामाजिक सञ्जाल पूर्णरूपमा सञ्चालन हुन नसकेको सूचना उनीहरूले नै दिएका छन्। आंशिक काम मात्र भइरहेको सूचना पनि दूतावासको वेबसाइटमा भेट्न सकिन्छ। ‘बजेट अभावका कारण वेबसाइटलाई यहाँबाट उपलब्ध गराइने सेवाको पूर्ण सञ्चालन नहुँदासम्म सीमित मात्रामा मात्र अध्यावधिक गरिनेछ’, दूतावासको वेबसाइटमा नेपालीमै सूचना छ।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ७ : २६ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय