२०८३, ३ आश्विन आईतबार

बाघको छालासहित चार जना पक्राउ

बाघको छालासहित चार जना पक्राउ


हेटाँैडा, १३ पुस: मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ गजुरीका दिलबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका चारै जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । रु सात लाखमा बाघको छाला किनबेच हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी र संरक्षणकर्मीको संयुक्त टोलीले थाहा नगरपालिका–३ मा मोटरसाइकल र अटो रिक्सा जाँच गर्ने क्रममा ना२ह ३९२७ नंको अटो रिक्सामा लुकाई राखेको आठ फिट ६ इन्च लामो पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेकालाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यलय मकवानपुरलाई बुझाइने प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ७ : ०३ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका