२०८३, ७ कार्तिक शनिबार

रु २४ लाखसहित दुई भारतीय पक्राउ

रु २४ लाखसहित दुई भारतीय पक्राउ


विराटनगर, ८ पुस: सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ ।

उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ९ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना