२०८३, १० बैशाख शुक्रबार

तीन लुटेरा प्रहरीे खोरमा

तीन लुटेरा प्रहरीे खोरमा


साँखु, काठमाडौँ, ८ पुस : महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो । उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए ।

“एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो । महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । चिनियाँ नागरिक लिको टाउकोमा ३० टाँका लगाउनुपरेको थियो भने दायाँ हातको चार औँला भाँचिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ४८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : ०२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले