२०८३, १० बैशाख शुक्रबार

चोरीमा सङ्लग्न नौ पक्राउ

चोरीमा सङ्लग्न नौ पक्राउ


काठमाडौँ, ७ पुस : चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाँैको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१५ बनस्थली बस्ने नुवाकोट बिदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरीको घटनामा अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेका अनिल तामाङलाई सोधपुछ गर्ने क्रममा चोरीमा सङ्लग्न रहेको खुल्न आएपछि अन्य व्यक्तिलाई टोखा नगरपालिका–९ सङ्गमटोलबाट गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु ९५ हजार, ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, बेरुवा औँठी एक थान, मोबाइल आठ थान, घडी तीन थान र लागुऔषध गाँजा करीब ५०० ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । यसैबीच चोरी गरी फरार रहेका एक व्यक्तिलाई आज बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही पौष ३ गते हिम इलोक्ट्रोनिकमा भएको चोरीमा सङ्लग्न सर्लाही हरिपुर नगरपालिका–१ का २८ वर्षीय नबेन्द्रकुमार सिंहलाई पक्राउ गरेको हो । सिंहलाई चोरीमा प्रयोग गरेको बा १९ च ३०८७ नम्बरको गाडी र ३२ इञ्चको सामसुङ् टिभीसहित बागबजारबाट पक्राउ गरिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ६ : ३१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले