२०८३, ९ बैशाख बिहीबार

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ


काठमाडौँ, १४ मङ्सिर : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख तथा जयराम सुकुभुटुसँग रु २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ ।

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिनुभयो । निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ८ : ४८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले