२०८३, ८ बैशाख बुधबार

घुुस लिएको अभियोगमा दाहालविरुद्ध मुद्दा दायर

घुुस लिएको अभियोगमा दाहालविरुद्ध मुद्दा दायर


काठमाडौँ, ११ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा रु २५ हजार घुस लिएको दाहाललाई अभियोग लगाइएको छ ।

यस्तै आयोगले झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई ठगी गरेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गलत काम गर्न कर्मचारीसँग मिलेमतो गरेको अभियोगमा जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रविरुद्ध पनि आयोगले आजै मुद्दा दर्ता गरेको छ ।

उनीहरुले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिजलाई एकआपसमा मिलेमतो गरी हस्ताक्षर किर्ते गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई शेयर सम्पत्ति हक हस्तान्तरण गरी जग्गा बिक्री गर्न लागेको अभियोग लागेको छ । उनीहरुले जग्गा बिक्री गर्न भन्दै रु तीन करोड बैना बापत रकम लिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : २८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले