२०८३, ७ कार्तिक शनिबार

काभ्रे कांग्रेसकी नेतृ ताम्राकारको निधन, कांग्रेसका सबै कार्यक्रम स्थगित

काभ्रे कांग्रेसकी नेतृ ताम्राकारको निधन, कांग्रेसका सबै कार्यक्रम स्थगित


बनेपा १० मंसिर :  नेपाल महिला संघ काभ्रेकी पूर्व अध्यक्ष चन्द्रलक्ष्मी ताम्राकारको आज दिउँसो ३ बजे हृदयघातबाट निधन भएको छ ।

२०३६ सालभन्दा अघि देखि नेपाली कांग्रेस निकट रहेकी ताम्राकारको ७० वर्षको उमेरमा निधन भएको हो । उनी पनौती नगरपालिका वडा नं. ७ की स्थायी बासिन्दा रहेकी उनी हाल नेपाली कांग्रेस काभ्रेकी महासमिति सदस्य थिइन् ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनको स्वास्थ्य परीक्षणका लागि शिरमेमोरियर अस्पताल घोकेचौर पु¥याएको अधाघण्टापछि अस्पतालले ताम्राकारलाई मृत घोषित गरेको थियो ।

उनी नेपाली कांग्रेस काभ्रेको लामो समयसम्म जिल्ला सभापति सञ्चालन गर्ने सप्तलाल ताम्राकारकी छोरी थिइन् । आजै उनको पनौती आर्यघाटमा दाहसंस्कार गरिएको २ नम्बर क्षेत्रीय सभापति रमेश हुमागाईंले बताए ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, काभ्रेको क्षेत्र नम्बर २ का सभापति रमेश हुमागाई, नेता इन्द्रमणी अधिकारी, तीर्थ पसखल, नेपाली कांग्रेस पनौती नगरका सभापति रामशरण भण्डारी लगायत पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मृतक नेतृ ताम्राकारको शोकमा नेपाली कांग्रेस काभ्रेले १० दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगरी पार्टी कार्यालय बन्द गरिने जनाएको छ ।

उनको १३ औं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस क्षेत्र नं. २ र पनौती नगरले संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गरिने क्षेत्रीय सभापति रमेश हुमागाईंले बताएका छन् । मृतक ताम्राकारको श्रीमान, र २ छोरा रहेका छन् ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना