२०८३, ७ कार्तिक शनिबार

काभ्रेको डाँडापारीमा पाँच वर्षिय बालकको मुख थुनेर हत्या, दोषीलाई कारवाहीको माग

काभ्रेको डाँडापारीमा पाँच वर्षिय बालकको मुख थुनेर हत्या, दोषीलाई कारवाहीको माग


बनेपा ८ मंसीर : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–२, मुलडाँडाका पाँच वर्षिय विजय घिसिङको हत्यारा पत्ता लगाई कारवाही गर्न पीडित अभिभावकले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

गत कात्तिक २६ गते दिउँसो घरबाट हराएका घिसिङ खोजतलासको क्रममा तीन दिनपछि सोही वडाको सातविसे खोलाको ढुङ्गामाथि मृतावस्थामा फेला पारेको थियो । जङ्गलबीचमा शव भेटेपछि शङ्का लागेर प्रहरीले नै उठाएर परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा गत कात्तिक २९ गते लगेको र शुक्रबार रिपोर्ट आएको मृतकका ठूलोबुबा बलिमान घिसिङले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषी पत्ता लगाएर कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा कुरा भइरहेको बताउनुभयो । धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो घटनाका विषयमा छानबिन अगाडि बढाइने जानकारी दिनुभयो ।

घटना भएको ११ दिनपछि मात्रै रिपोर्ट आएको र रिपोर्टमा मुख थुनेर हत्या भएको उल्लेख भएपछि पीडित अभिभावकले दोषी पत्ता लगाएर कारवाही नगेरसम्म शव नबुझ्ने जनाएको छ । रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ६ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना