२०८३, ७ कार्तिक शनिबार

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौँ, ७ मङ्सिर : केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेको छ । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

बाइवालाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाँैको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पु¥याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना