२०८३, ७ कार्तिक शनिबार

नक्कली शैक्षिक प्रमाणपत्रले वडाध्यक्षको पद चट्

नक्कली शैक्षिक प्रमाणपत्रले वडाध्यक्षको पद चट्


नक्कली शैक्षिक योग्यताका आधारमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका प्रदेश ५ रूपन्देहीका एक वडाध्यक्षको पद ‘चट’ हुने भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का वडाध्यक्ष धर्मराज यादव यादवविरुद्ध स्थानीय पोखरभिन्डी माविको व्यवस्थापन समिति अध्यक्ष हुन नक्कली शैक्षिक योग्यता प्रयोग गरेको अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

यादवले समितिको अध्यक्ष हुन माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसीबाट जारी हाइस्कुल सरहको नक्कली प्रमाणपत्र पेस गरेका थिए। उनीविरुद्ध सजाय माग गर्दै अख्तियारले २०७५ असोज ७ गते विशेषमा मुद्दा दायर गरेको हो। वडाध्यक्ष निर्वाचित हुनुअघि उनी समितिको अध्यक्ष थिए। अख्तियारले मुद्दा हालेसँगै वडाध्यक्षको पद स्वतः गएको छ तर गाउँपालिकाले उनलाई निलम्बन गरेको छैन।

गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले दसैंअघि नै अख्तियारको चिठी पाएको बताए। त्यसपछि पनि घनश्यामले वडाध्यक्षको काम गरिरहेका छन्। ‘उहाँले काम गरिरहनु भएको छ। अख्तियारको चिठीमा विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी मात्र छ, त्यसैले मैले निलम्बन गरेको छैन’, उनले भने।

मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ। झुटा प्रमाणपत्रसम्बन्धी अध्ययन गर्ने जिम्मेवारी पाएका अख्तियारका उपसचिव कोइरालाले निर्णय कार्यान्वयन नगर्ने गाउँपालिका अध्यक्षमाथि पनि कारवाही हुने बताए। गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै संघीय फोरमबाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना