२०८३, ६ बैशाख सोमबार

नक्कली शैक्षिक प्रमाणपत्रले वडाध्यक्षको पद चट्

नक्कली शैक्षिक प्रमाणपत्रले वडाध्यक्षको पद चट्


नक्कली शैक्षिक योग्यताका आधारमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका प्रदेश ५ रूपन्देहीका एक वडाध्यक्षको पद ‘चट’ हुने भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का वडाध्यक्ष धर्मराज यादव यादवविरुद्ध स्थानीय पोखरभिन्डी माविको व्यवस्थापन समिति अध्यक्ष हुन नक्कली शैक्षिक योग्यता प्रयोग गरेको अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

यादवले समितिको अध्यक्ष हुन माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसीबाट जारी हाइस्कुल सरहको नक्कली प्रमाणपत्र पेस गरेका थिए। उनीविरुद्ध सजाय माग गर्दै अख्तियारले २०७५ असोज ७ गते विशेषमा मुद्दा दायर गरेको हो। वडाध्यक्ष निर्वाचित हुनुअघि उनी समितिको अध्यक्ष थिए। अख्तियारले मुद्दा हालेसँगै वडाध्यक्षको पद स्वतः गएको छ तर गाउँपालिकाले उनलाई निलम्बन गरेको छैन।

गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले दसैंअघि नै अख्तियारको चिठी पाएको बताए। त्यसपछि पनि घनश्यामले वडाध्यक्षको काम गरिरहेका छन्। ‘उहाँले काम गरिरहनु भएको छ। अख्तियारको चिठीमा विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी मात्र छ, त्यसैले मैले निलम्बन गरेको छैन’, उनले भने।

मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ। झुटा प्रमाणपत्रसम्बन्धी अध्ययन गर्ने जिम्मेवारी पाएका अख्तियारका उपसचिव कोइरालाले निर्णय कार्यान्वयन नगर्ने गाउँपालिका अध्यक्षमाथि पनि कारवाही हुने बताए। गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै संघीय फोरमबाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : १६ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ