२०८३, ३१ जेष्ठ सोमबार

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए

नेपाली विदेशिए, धान काट्न भारतीय खेताला भित्रिए


झापा, मंसिर २ :  झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरू डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए । मेचीनगरको जोरसिमल आसपासमा काम गरिरहेका उनले धान काटेबापत प्रतिबिघा १० हजार रुपैयाँ लिने गरेको सुनाए । उनका अनुसार धान काट्ने, उठाउने, कुन्युँ लगाउने, थ्रेसर लगाएर घर भित्र्याउनेसम्म गर्दा ५० हजारजति ज्याला लिने गरेको जनाए । ‘अहिले हामी धान काट्ने काम मात्रै गर्दै आएका छौं,’ उनले भने ।

नेपाली युवा तथा श्रमिक वर्ग विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको जानकारको भनाइ छ । ‘नेपाली श्रमिक अभाव भएपछि काम गर्ने मान्छे त चाहियो,’ स्थानीय शिक्षक दामोदर ढुंगेलले भने, ‘नेपाली श्रमिक विदेश जान थालेपछि भारतीय श्रमिक भित्रिएका छन् ।’भारतीय खेतालाको आगमनले आफूहरू मारमा परेको स्थानीय श्रमिकको भनाइ छ । भारतीय आउन थालेपछि हाम्रो भाग खोसिएजस्तो भएको कर्ण राजवंशीले बताए । उनले भने, ‘हामीले भारतीयलाई रोक्ने प्रयत्न गर्‍यौं तर सकेनौं ।’ आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

भारतीय श्रमिकलाई स्थानीय श्रमिकको दाँजोमा धेरै ज्याला दिने गरिएको गुनासो प्रसाद मेचेले गरे । उनले भने, ‘भारतीयलाई जति हामीलाई विश्वास गरिँदैन ।’ स्थानीय श्रमिकका अनुसार भारतीयले धान काटेर मात्रै करोडौं रुपैयाँ लैजाने गरेका छन् ।कृषि प्राविधिक सहायक शालिग्राम भट्टराईले नेपाली श्रमिक विदेशिएका कारण भारतीयलाई निम्त्याएर काम लगाउनुपरेको बताए । उनले भने, ‘देशमा काम गर्ने मान्छे अर्कैको देशमा काम गरिरहेका छन्, अनि हाम्रामा अर्कै देशका मान्छे आएर काम गरिरहेका छन् ।’ झापामा यो वर्ष करिब ८८ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान लगाइएको छ ।

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ७ : १६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क