२०८३, १७ आश्विन आईतबार

छ दिनदेखि चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

छ दिनदेखि चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए


चितवन, १ मङ्सि: छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो ।

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गर्नुभएका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो । गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गर्नुभएको थियो । सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ४५ बजे

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।