२०८३, ७ कार्तिक शनिबार

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ


इनरुवा, १ मङ्सिर: सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक नीरन थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–६ श्रीपुरजब्दी धताटोलबाट विवेक यादव र मोटरसाइकल चालक सुमितकुमार गोइतलाई पक्राउ गरेको छ ।

जाँचका क्रममा उनीहरुलार्ई पेस्तोलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियाको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान मोबाइल, चाँदीको ब्रस्लेट, चाँदीको सिक्री र केही नगद बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकरीले पक्राउ परेकाको विषयमा पुष्टि गर्नुहँुदै पक्राउ परेका तीनैजना सशस्त्र प्रहरीको नियन्त्रणमा रहेकाले घटनाको विषय बुझ्ने कार्य भइरहेको प्रतिक्रिया दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना