२०८२, १ माघ बिहीबार

महायज्ञमा दलितलाई निषेध

महायज्ञमा दलितलाई निषेध


कलैया २९ कात्तिक: बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।

भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप महायज्ञ’ ११७ दिनको रहे पनि यज्ञमा प्रसौनीका दलित समुदायका व्यक्तिलाई हवनमा बस्न नदिएपछि स्थानीय दलित समुदायका व्यक्ति निरास बनेका छन् । महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका व्यक्ति हवनमा बस्दा अनिष्ट हुने अफवाह फैलाएपछि न्यायका लागि दलित समुदायका व्यक्ति प्रशासनमा गएका थिए । प्रशासनको भूमिकासमेत प्रभावकारी नहँुदा दलित समुदायको हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताउनुभयोे ।

महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनील गुप्ताले आज पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायका व्यक्तिलाई हवनमा बस्न कुनै किसिमको अवरोध नगरेको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताउनुभयोे ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : २१ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना