२०८२, २ माघ शुक्रबार

यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा [हेर्नुहोस भिडियो सहित्]

यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा [हेर्नुहोस भिडियो सहित्]


काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई लिने गरिन्छ ।

किंवदन्ती अनुसार, सुरुमा एक जना कलाकारले पलाञ्चोक भगवतीको मूर्ति निर्माण गरेका थिए । तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाएछन्, तर उनको देब्रे हात पनि काटिएछ । कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाएछन् । त्यसपछि उनलाई मृत्युदण्ड दिइएछ । लिच्छवि राजा मान देवको समयमा देश भरिका नामक महिलाले पलान्चोक भगवतीको स्थापना गराएको ऐतिहासिक प्रमाण पाइएको छ । पलान्चोक भगवतीको उत्पत्तिका बारेमा जनमानसमा प्रचलित किंवदन्ती अनुसार, एक पटक बुकोटका बासिन्दाले एक पटक भगवतीलाई सपनामा देखेछन् ।

त्यसपछि तिनीहरूले भगवतीको स्थापना गर्नका लागि कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एक पटक बिसाएछन् । तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले तिनलाई यहीं स्थापना गराएछन् । पलाञ्चोक भगवतीलाई पसिना आएको खण्डमा राष्ट्रमा राजनीतिक संकट राउने विस्वास गरिन्छ ।यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा हेनुहोस भिडियोमा :

https://youtu.be/MN6PPegdvdQ

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : ०७ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति