२०८३, १७ आश्विन आईतबार

सोलुखुम्बुमा विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बुमा विदेशी पर्यटकको मृत्यु


सोलुखुम्बु, २७ कात्तिक : खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो ।

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो । मृत्युको कारण भने खुल्न सकेको छैन ।

आइतबार मात्र सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ११ : ३१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार