२०८३, ३१ जेष्ठ सोमबार

चिनियाँ महोत्सव शुरु, यस्तो रोमाञ्चक कला

चिनियाँ महोत्सव शुरु, यस्तो रोमाञ्चक कला


काठमाडौँ, २७ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज यहाँ शुभारम्भ गर्नुभएको । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै प्ुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताउनुभयो ।

उहाँले नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकलाई यहाँ भित्र्याउन सकिने बताउनुभयो । मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग(बिआरआई)अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताउनुभयो । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो । दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्यनाटक प्रस्तुत गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : २२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क