२०८२, ३० पुस बुधबार

काभ्रे आउँदाको शान, सर्वसाधारणको अपमान, दुइनम्बरीको गुणगान

काभ्रे आउँदाको शान, सर्वसाधारणको अपमान, दुइनम्बरीको गुणगान


काभ्रेमा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रमुख प्रायः फेरिरहन्छ । ती प्रमुखहरु फेरिने वितिकै पत्रकार सम्मेलन, नागरिक भेटघाट र रात्रिभोजको आयोजना हुने गर्छ ।

नयाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रमुखको पहिलो एजेण्डा गुण्डागर्दी नियन्त्रण, अवैध खानी बन्द गर्ने लगायतका थुप्रै आकर्षक नारा दिन्छन् । यसले जिल्लामा अब त केही हुन्छ कि भनेर चर्चा पनि चल्छ । तर, विस्तारै यी नारा असुलीको हतियार बनेपछि ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर चित्त बुझाउनुको विकल्प छैन ।

कानुनको गुड्डी हाँक्नेहरुले नै प्रचलित नियम कानुनको धज्जी उडाउँदै गैह्र कानुनी रुपमा सञ्चालनमा रहेका उद्योगी व्यवसायीसँग ‘गुड फ्राइडे’ मनाउन थाल्छन् । ट्राफिक प्रहरी र प्रहरीले नै टिपर चालकदेखि उद्योगीहरुसँग ‘हप्ते’ र ‘महिने’ उठाउन थाल्छन् । यस्तै जिल्लाका उच्च अधिकारीहरुको दुहुनो गाई जस्तै भएको अवैध क्रसर उद्योगहरुलाई देशको कुनै पनि ऐन नियमले छुँदैन ।

ती उद्योगहरुले आम सर्वसाधारणले पालना गर्नुपर्ने नियमबाट समेत सधैं छुटकारा पाउँदै आएका छन् । त्यसको पुष्टि त हालै सडकको मापदण्डलाई मिचेर बनाइएका सर्वसाधारणको आवासमा आँखा चिम्लेर डोजर चलाएको प्रशासनले उस्तै मापदण्ड मिच्ने वीपी राजमार्ग आसपासमा रहेका रोशीका क्रसर उद्योगहरुलाई भत्काउनु त टाढाको कुरा छुने हिम्मतसम्म गरेन । इलाका प्रहरी कार्यालय मंगलटारको पक्की पर्खालमा पु्ग्दा प्रशासनको आँखा फूटे सरह सावित भएको देखिएको छ ।

अवैधमा लगानी

काभ्रेका विभिन्न अवैध क्रसर उद्योग, बालुवा तथा ढुंगा खानेमा प्रहरीका उच्च अधिकारीसमेत लगानी गरेको खुलेको छ । देउपुरमन्डनमा भएको जीव दुर्घटनापछि यसको रहस्य झन् खुलेको छ ।

अवैध खानी हेर्न जानेक्रममै नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक डीआईजी सुशीलकुमार भण्डारीको मृत्यु भएपछि यसको रहस्य खुलेको हो । उनी अवैध खानी सञ्चालनका लागि काभ्रे प्रहरीलाई समेत सुइँको नदिई त्यहाँ पुगेका थिए । उनको बेथानचोक गाउँपालिकाको चलाल गणेश रोडाढुंगा उद्योग, पनौती–१२ को दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिमा समेत लगानी रहेको खुलेको छ ।

भण्डारी व्यवसाय विस्तारकै सिलसिलामासशस्त्र प्रहरीका पूर्वडीएसपी विनोद गौतम, स्थानीय धनबहादुर पुरीलगायतलाई लिएर मण्डन देउपुर पुग्दा दुर्घटनामा परेका थिए । मण्डन देउपुर–६ मा रहेको पुरीको २७ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो । जग्गा हेरेर फर्कने क्रममा बा ३ च २८७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : १० बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता