२०८३, १७ आश्विन आईतबार

काभ्रे आउँदाको शान, सर्वसाधारणको अपमान, दुइनम्बरीको गुणगान

काभ्रे आउँदाको शान, सर्वसाधारणको अपमान, दुइनम्बरीको गुणगान


काभ्रेमा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रमुख प्रायः फेरिरहन्छ । ती प्रमुखहरु फेरिने वितिकै पत्रकार सम्मेलन, नागरिक भेटघाट र रात्रिभोजको आयोजना हुने गर्छ ।

नयाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रमुखको पहिलो एजेण्डा गुण्डागर्दी नियन्त्रण, अवैध खानी बन्द गर्ने लगायतका थुप्रै आकर्षक नारा दिन्छन् । यसले जिल्लामा अब त केही हुन्छ कि भनेर चर्चा पनि चल्छ । तर, विस्तारै यी नारा असुलीको हतियार बनेपछि ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर चित्त बुझाउनुको विकल्प छैन ।

कानुनको गुड्डी हाँक्नेहरुले नै प्रचलित नियम कानुनको धज्जी उडाउँदै गैह्र कानुनी रुपमा सञ्चालनमा रहेका उद्योगी व्यवसायीसँग ‘गुड फ्राइडे’ मनाउन थाल्छन् । ट्राफिक प्रहरी र प्रहरीले नै टिपर चालकदेखि उद्योगीहरुसँग ‘हप्ते’ र ‘महिने’ उठाउन थाल्छन् । यस्तै जिल्लाका उच्च अधिकारीहरुको दुहुनो गाई जस्तै भएको अवैध क्रसर उद्योगहरुलाई देशको कुनै पनि ऐन नियमले छुँदैन ।

ती उद्योगहरुले आम सर्वसाधारणले पालना गर्नुपर्ने नियमबाट समेत सधैं छुटकारा पाउँदै आएका छन् । त्यसको पुष्टि त हालै सडकको मापदण्डलाई मिचेर बनाइएका सर्वसाधारणको आवासमा आँखा चिम्लेर डोजर चलाएको प्रशासनले उस्तै मापदण्ड मिच्ने वीपी राजमार्ग आसपासमा रहेका रोशीका क्रसर उद्योगहरुलाई भत्काउनु त टाढाको कुरा छुने हिम्मतसम्म गरेन । इलाका प्रहरी कार्यालय मंगलटारको पक्की पर्खालमा पु्ग्दा प्रशासनको आँखा फूटे सरह सावित भएको देखिएको छ ।

अवैधमा लगानी

काभ्रेका विभिन्न अवैध क्रसर उद्योग, बालुवा तथा ढुंगा खानेमा प्रहरीका उच्च अधिकारीसमेत लगानी गरेको खुलेको छ । देउपुरमन्डनमा भएको जीव दुर्घटनापछि यसको रहस्य झन् खुलेको छ ।

अवैध खानी हेर्न जानेक्रममै नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक डीआईजी सुशीलकुमार भण्डारीको मृत्यु भएपछि यसको रहस्य खुलेको हो । उनी अवैध खानी सञ्चालनका लागि काभ्रे प्रहरीलाई समेत सुइँको नदिई त्यहाँ पुगेका थिए । उनको बेथानचोक गाउँपालिकाको चलाल गणेश रोडाढुंगा उद्योग, पनौती–१२ को दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिमा समेत लगानी रहेको खुलेको छ ।

भण्डारी व्यवसाय विस्तारकै सिलसिलामासशस्त्र प्रहरीका पूर्वडीएसपी विनोद गौतम, स्थानीय धनबहादुर पुरीलगायतलाई लिएर मण्डन देउपुर पुग्दा दुर्घटनामा परेका थिए । मण्डन देउपुर–६ मा रहेको पुरीको २७ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो । जग्गा हेरेर फर्कने क्रममा बा ३ च २८७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : १० बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार