२०८३, १७ आश्विन आईतबार

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव


काठमाडौँ, २० कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिको उपस्थितिमा आज बसेको बैठकले सो निर्देशन दिएको हो ।

बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सम्बन्धमा गत पुस १३ गते गठन गरेको विज्ञ समूह र पुनः निर्माण प्राधिकरणबाट यही कात्तिक १८ गते गठन गरिएको विज्ञ समितिले ‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव दिएका थिए । ती प्रतिवेदनका आधारमा पहिलेको गुम्बज शैलीमा पुनः विचार गरी आवश्यक कार्य अघि बढाउन बैठकले निर्णय गरेको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।

बैठकले रानीपोखरीमा रहेको ‘जमलेश्वर’ मन्दिर र ‘विष्णुतीर्थ’को पुनः निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको संयोजनमा काम गर्ने पनि जनाएको छ । प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कङ्क्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : ०५ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार