२०८३, ९ भाद्र बुधबार

नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ

नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ


बनेपा, १९ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विश्वका कम्युनिष्टका लागि अध्ययनको सन्दर्भ सामग्री भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा नेकपा धुलिखेल नगर कमिटीले आज आयोजना गरेको तिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको लोकतन्त्र सशस्त्र सङ्घर्ष, जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको बाटोबाट अगाडि बढेकाले नेपाल विश्वका लागि अध्ययनको सन्दर्भ सामग्री भएको जिकिर गर्नुभयो ।

नेता श्रेष्ठले नेपालमा बनेको तीन तहको सरकार गठन गर्ने शक्तिका रुपमा नेकपा स्थापना भएको उल्लेख गर्दै नेपाल विश्व कम्युनिष्ट आन्दोलनका लागि नयाँ आयाम भएको बताउनुभयो । नेपाली समाजले राजनीतिक क्रान्ति पूरा गरेर नयाँ चरणमा प्रवेश गरिसकेको उहाँको भनाइ थियो ।

उहाँले पार्टीलाई तल्लो तहसम्मको एकीकरण गर्न नसकेकै कारण लाखौँ नेता कार्यकर्ता जिम्मेवारीविहीन भएर बस्नुपरेको र सोचेजस्तो काम गर्न नसकिएकोले त्यसको दोष पार्टी नेतृत्व र सचिवालयले लिनुपर्ने बताउनुभयो । उहाँले सांस्कृतिक पर्वले दिएको सकारात्मक प्रभाव जीवन व्यवहारमा उपयोग गर्न र नकारात्मक पक्षको विकासलाई नियन्त्रण गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : २४ बजे

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ