२०८३, ३ आश्विन आईतबार

फेरी अयो दुखद खबर : ट्रकले रोकेर राखेका कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

फेरी अयो दुखद खबर : ट्रकले रोकेर राखेका कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते


बेइजिङ १८ कात्तिक : चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ४५ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका