२०८३, ४ आश्विन सोमबार

फूल प्रदर्शनीमा रु ३३ लाखको कारोवार

फूल प्रदर्शनीमा रु ३३ लाखको कारोवार


काठमाडौँ, १६ कात्तिक : बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा रु ३३ लाखको बारोबार छ । प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र रु ३३ लाखको कारोबार भएको थियो।

फ्लोरीकल्चर एसोसियशनका अध्यक्ष अध्यक्ष कुमार कसजु (श्रेष्ठ) का अनुसार आगामी आइतबारसम्म सञ्चालन हुने उक्त मेलामा रु ४५ लाख बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि लक्ष्य भन्दा माथि रु ७० लाखसम्म आम्दानी हुनसक्ने बताउनुभयो । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएको छ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका थिए।

पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४३ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर