२०८३, १६ आश्विन शनिबार

हत्यारालाई कारवाही नहुँदा दण्डहीनता बढ्यो : पत्रकार महासङ्घ

हत्यारालाई कारवाही नहुँदा दण्डहीनता बढ्यो : पत्रकार महासङ्घ


काठमाडौँ, १६ कात्तिक: नेपाल पत्रकार महासङ्घले नेपालका पत्रकारका हत्यारालाई कारवाही गरी पीडितले न्याय पाएको घटना न्यून रहेको पाइएको जनाएको छ । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा महासङ्घका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा पत्रकारको हत्या गर्नेलाई कारवाही नहुँदा दण्डहीनता बढिरहेको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारको हत्या गर्ने पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई प्रश्रय दिने गरेको तथा कारवाही नगर्न दबाब दिने गरेका कारण राज्य पत्रकारका हत्यारालाई कारवाही गरी पीडितलाई न्याय दिलाउने पक्षमा गम्भीर भएको पाइँदैन, जसले गर्दा पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हननमा संलग्नले उन्मुक्ति पाइरहेका छन् ।”

महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन एकाइका अनुसार नेपालमा २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३६ पत्रकार मारिएका छन् भने पाँच पत्रकार बेपत्ता छन् । मारिएका ३६ पत्रकारमध्ये पाँच जना पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न सकेको छैन । बेपत्ता भएका पाँच पत्रकारको अवस्थाका सन्दर्भमा पनि पीडित पक्षले न्याय पाएको छैन ।

महासङ्घले पछिल्लो दश वर्षको अवधिमा एक हजार ८०७ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको जानकारी गराएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०६४÷०६५ मा ४३५ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् । यस्तै २०६५÷०६६ मा २३२, २०६६÷०६७ मा १६९, २०६७÷०६८ मा १०९, २०६८÷०६९ मा १२५ र २०६९÷७० मा २२८ वटा प्रेस उल्लङ्घनका घटना भएका छन् ।

वैशाखयता ३५ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको महासचिव विष्टले जानकारी दिनुभयो । एकाध घटनाबाहेक अन्य घटनाका दोषीमाथि कुनै पनि कानूनी कारवाही नभएको उहाँले जानकारी दिनुभयो । “धेरैजसो घटना आपसी समझदारीमा टुङ्ग्याउने गरेको पाइन्छ भने कतिपय घटनामा संलग्नको पहिचान हुँदा पनि दोषीलाई दण्ड दिने कामलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन नगरिँदा पत्रकार तथा सञ्चारमाध्यममाथि हुने प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइन्छ” उहाँले भन्नुभयो ।

महासङ्घले पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न माग गरेको छ । यस्तै बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाउन महासङ्घले माग गरेको छ ।

पत्रकारको हत्यारालाई कारवाही गरी पीडितलाई न्याय दिलाइ दण्डहीनताको अन्त्य गर्ने उद्देश्यका साथ यो दिवसलाई विश्वभरका पत्रकारले मनाउने गरिन्छ । दण्डहीनताको अन्त्यका लागि विश्वभर हुने सबैखाले अभियानमा महासङ्घ ऐक्यबद्धता जनाएको महासचिव विष्टले बताउनुभयो । दिवसको अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले पत्रकारका हत्यारालाई कारवाही गर्न आफ्ना सदस्य राष्ट्रलाई आग्रह गर्न संयुक्त राष्ट्रसङ्घलाई आह्वान गरेको छ । आइएफजेका अनुसार विश्वमा हत्या भएका ९० प्रतिशत पत्रकारले न्याय नपाएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४८ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार