२०८२, ३ पुस बिहीबार

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री बाँस्कोटा दुबई प्रस्थान

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री बाँस्कोटा दुबई प्रस्थान


काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स(युएइ)को दुबईतर्फ आज अपराह्न प्रस्थान गर्नुभएको छ ।

सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव तथा उच्चतहका नीतिनिर्माताको सहभागिता रहने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो । चार वर्षको अन्तरालमा हुने उक्त सम्मेलनले आगामी चार वर्षका लागि अख्तियार गर्ने नीति एवं रणनीतिमा निर्णय हुनेछ ।

आइटियुको महासचिवलगायत परिषद् सदस्य तथा पदाधिकारीको निर्वाचन पनि सोही सम्मेलनमा हुनेछ । मन्त्री बाँस्कोटाको नेतृत्वमा उक्त मन्त्रालयका सहसचिव, उपसचिव तथा युएइस्थित नेपाली दूतावासका कावा राजदूत पनि सहभागी हुनुहुनेछ ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले सम्बोधन गर्नाका साथै सहभागी देशका मन्त्रीसँग द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्ने प्रवक्ता ढकालले बताउनुभयो । दूरसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा तीव्र गतिमा भइरहेको विकासबाट नेपालजस्तो देशले कसरी अधिकतम लाभ लिन सक्छ भन्नेबारेमा मन्त्री बाँस्कोटाले नेपालको भनाइ प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ४७ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,