२०८३, ४ आश्विन सोमबार

क्रिकेट उपाधि देवीघाट क्लबलाई

क्रिकेट उपाधि देवीघाट क्लबलाई


नुवाकोट, १२ कात्तिक: जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको देवीघाटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । देवीघाटका तर्फबाट विकास चित्रकारले नकआउट १८ रन, दिनेश चित्रकारले नटआउट १५ रन, राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाए । बलिङतर्फ नक्षत्रका प्रसिद्ध खड्का र राजन अधिकारीले २–२ विकेट र अभियान बस्नेत र सौरभ कुँवरले १–१ विकेट लिए ।

एक सय ३५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउँदा २७ रनले पराजय भोग्न बाध्य भयो । नक्षत्रका तर्फबाट अभियान बस्नेतले ३२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ देवीघाटका विकास चित्रकारले ३ विकेट र विकास लामिछानेले २ विकेट लिए । प्रतियोगितामा खेलमा देवीघाटका विकास चित्रकार म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गेका जीवन सिलवाल, बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देवीघाटका विकास चित्रकार घोषित भए । प्रतियोगिता कात्तिक १० गतेदेखि शुरु भएको थियो । प्रतियोगिताका विजयीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगद र ट्रफी वितरण गर्नुभयो । प्रतियोगितालाई पहिलो हुनेलाई रु. १० हजार र दोस्रो हुनेलाई रु ४ हजार पुरस्कार प्रदान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ४८ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग