२०८३, १६ आश्विन शनिबार

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !


काठमाडौं, कार्तिक १२ :तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।

विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

विभिन्न देशका नम्बरबा६ नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। ‘२–३ सेकेन्डमात्र कल गर्द पनि १–२ सय रुपैयासम्म व्यालेन्स काटिन सक्छ।’ अर्यालले भने यस्ता कल ठग्ने उद्देश्यले आइरहेका छन् ।

नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ। प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबा लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : १८ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार