२०८३, १६ आश्विन शनिबार

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, ९ कात्तिक:सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै खड्काका तर्फबाट दुर्गाप्रसाद जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनको सुनुवाइपछि खड्कालाई थुनामुक्त गर्न आदेश जारी भएको हो । आदेशमा भनिएको छ, “पर्याप्त आधार र प्रमाणको अभावमा निवेदकको संविधानप्रदत्त मौलिक हक एवं अन्य कानूनी हक प्रतिकूल हुने गरी थुनामा राख्नु कानूनसम्मत नदेखिँदा थुनामुक्त गर्नुपर्ने पर्छ ।”

यसअघि अदालतले गत असोज १५ गते नै लिखित जवाफ माग गर्दै तीन दिनभित्र खड्कालाई सर्वोच्च अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र मकवानपुर जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको थियो । खड्कालाई प्रहरीले गत भदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको दुई दिनपछि बुटवलको इलाका प्रहरी कार्यालय लगिएको थियो । सो अदालतले धरौटीमा खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नेता खड्कालाई रुपन्देही जिल्लामा भएको बम विष्फोट गरेर क्षति पु¥याएको र मकवानपुरमा आगजनी गरेको आरोपमा सङ्गठिन अपराधमा मुद्दा दायर गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ७ : ५१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार