२०८३, ७ कार्तिक शनिबार

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?


काठमाडौं, कात्तिक ७ : विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो ।

सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च लागेको छ । पुल निर्माण कार्यमा निकै ढिलाइ भएको थियो । पुल निर्माण गर्ने क्रममा १८ मजदुरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

के छ पुलको विशेषता ?
पुलले दक्षिणी चीनका तीन मुख्य तटीय सहर हङकङ, मकाउ र झाउहाईलाई जोड्छ । पुल भूकम्प र टाइफुनप्रतिरोधी छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग गरिएको थियो । सो स्टिलबाट ६० वटासम्म इफेल टावर बन्छ । पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर लम्बाइ पर्ल रिभर डेल्टा पार गर्छ । पुलको साढे ६ किलोमिटर खण्ड समुद्रमुनिको दुई कृत्रिम टापुको सुरुङ रहेकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

किन बनाइयो पुल ?
हङकङ मकाउलगायत दक्षिणी चीनका नौ सहरलाई समेटेर तयार गर्न लागिएको ग्रेटर बे एरिया बनाउने चिनियाँ योजनाको एउटा अंशको रूपमा यो पुल निर्माण गरिएको हो । ग्रेटर बे एरियामा ६ करोड ८० लाख मानिस बसोवास गर्छन् । पुल निर्माणपूर्व झुहाईदेखि हङकङ पुग्न चार घन्टा लाग्नेमा नयाँ पुल बनेपछि ३० मिनेटमै यात्रा पूरा हुनेछ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना