२०८३, ११ जेष्ठ मंगलबार

सुनसान बन्दै काभ्रेको कृषि ज्ञान केन्द्र

सुनसान बन्दै काभ्रेको कृषि ज्ञान केन्द्र


बनेपा, ६ कात्तिक: बनेपास्थित कृषि ज्ञान केन्द्र विगत दुई महिनादेखि सुनसान देखिएको छ । प्रदेश सरकार मातहतमा रहने निर्णय भएपछि कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रूपमा स्थापना गरिएको हो । सोहि नाममा बोर्ड झुण्डियाएको दुई महिना भएपनि कार्यालय भने सुनसान देखिएको हो । कृषि विकास कार्यालयको नाम नै परिवर्तन भएपछि भएको कर्मचारीसमेत स्थानीय तह (नगर÷गाउँपालिका)मा गएर काम गरिरहेका छन् ।

कार्यालय प्रमुख सहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले एक जना लेखापालले मात्रै कार्यालय खोल्ने गरेका छन् । “बोर्ड राखिएको छ, कार्यालय प्रमुख हुनुहुन्न, अरु कर्मचारी पनि कोही छैनन्”, लेखापाल अखिल खड्काले भन्नुभयो, “जिम्मेवारीको टुंगो नै नलागेकाकारण हामीले पारिश्रमिकसमेत पाएका छैनौँ ।” उहाँले भन्नुभयो “न काम छ, न त पारिश्रमिक नै ।” कृषि ज्ञान केन्द्रमा प्रमुख एक, अधिकृत सात, लेखापाल एक, प्रशासन खरिदार एक, प्राविधिक सहायक तीन, कार्यालय सहायक तीन र चालक एक गरी १७ जनाको दरबन्दी भए पनि हालसम्म कर्मचारीको व्यवस्थापन हुन सकेको छैन् ।

कार्यालय नै सुनसान भएपछि अहिले कृषि ज्ञान केन्द्रको कार्यालयमा धुलिखेल नगरपालिकाको कृषि शाखा कार्यालय राखिएको छ । नगर कृषि शाखाका प्राविधिक सहायक केशवप्रसाद कोइरालाले भन्नुभयो, “दुई कोठामा कृषि शाखाको कार्यालय सञ्चालन भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको बारेमा टुङ्गो नलाग्दा कार्यालय विधिवत सञ्चालनमा नआएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : २० बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक

एमाले अब बदलिनैपर्छ : जनतासँग जोडिने कि इतिहासमा हराउने ?

नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी