२०८३, ८ कार्तिक आईतबार

स्याङ्जामा जिप दुर्घटना: एकको मृत्यु, १९ घाइते

स्याङ्जामा जिप दुर्घटना: एकको मृत्यु, १९ घाइते


वालिङ, ४ कात्तिक: स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतबार  ५ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना