२०८३, १२ मंसिर शनिबार

१०औँ राष्ट्रिय खेलकुद : नौ विधामा आज खेलाडीबीच भिडन्त

१०औँ राष्ट्रिय खेलकुद : नौ विधामा आज खेलाडीबीच भिडन्त


सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज नौ खेल विधाका प्रतिस्पर्धा सञ्चालन हुँदैछन्। प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल हुने भएका छन्।

आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार आजका प्रतिस्पर्धा कर्णाली प्रदेशका विभिन्न स्थानसहित बाँके र बर्दियामा सञ्चालन हुनेछन्।

सुर्खेतको वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा सञ्चालन हुनेछ। पुरुष फुटबल मुख्य रंगशालामा आयोजना हुनेछ।

त्यसैगरी, टेनिसका खेल बर्दियामा, कबड्डी मुख्य कबड्डी हलमा र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा हुनेछन्। फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा तथा शारीरिक सुगठनका प्रतिस्पर्धा रुकुम पश्चिमको चौरजहारीमा सञ्चालन हुने तालिका छ।

समय तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजे सुरु हुनेछन्। अन्य आठ खेल विधाका प्रतिस्पर्धा बिहान ९ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेल विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशका साथै बाँके र बर्दियाका विभिन्न खेलस्थलमा जारी छन्।

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ३ : ५४ बजे

गरिबी बढाउँदै जलवायु परिवर्तन र यसको व्यवस्थापन  

नेपालको प्रमुख समस्या गरिबी र बेरोजगारी हो । दशकौंदेखि नेपालको

यसै वर्ष रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल

१०औँ राष्ट्रिय खेलकुद : नौ विधामा आज खेलाडीबीच भिडन्त

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज नौ खेल विधाका

वंशजको नागरिकताको निरन्तरताले नेपाललाई आर्थिक, सामाजिक र प्राविधिक लाभ पुग्छ : बासुदेव घिमिरे

काठमाडौं । ‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा

कर्णाली राजमार्गको अतिक्रमण हटाउन ३० दिने अल्टिमेटम

कालीकोट । कर्णाली राजमार्गको सडक सीमा मिचेर निर्माण गरिएका संरचना