२०८३, ५ मंसिर शनिबार

भारत भ्रमणमा व्यापार घाटा, विद्युत् निर्यात र हवाई मार्गलाई प्राथमिकता दिन भट्टराईको सुझाव

भारत भ्रमणमा व्यापार घाटा, विद्युत् निर्यात र हवाई मार्गलाई प्राथमिकता दिन भट्टराईको सुझाव


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपाल–भारत व्यापार असन्तुलन, विद्युत् निर्यात, पारवहन र हवाई प्रवेश मार्गका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा भट्टराईले नेपाल–भारतबीचको व्यापार घाटा संरचनात्मक समस्या भएको उल्लेख गर्दै नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच र गैरभन्सार अवरोध हटाउन ठोस पहल गर्नुपर्ने बताए।

उनले कच्चा पदार्थ निर्यात गर्ने र तयारी वस्तु आयात गर्ने असमान व्यापार संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए। खुला सीमा बन्द गर्ने नभई व्यवस्थित बनाउनुपर्ने उनको धारणा छ।

नेपालको विद्युत् उत्पादन क्षमता बढ्दै गएको अवस्थामा भारतमा विद्युत् निर्यात सहज बनाउने, दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्ने र बंगलादेशसम्म विद्युत् निर्यातको मार्ग खुलाउने विषय पनि भ्रमणको एजेन्डा बनाउनुपर्ने उनले बताए।

त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारतसँग पश्चिमतर्फबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन पहल गर्नुपर्ने उनको सुझाव छ। कृषि उत्पादनको निर्यातमा देखिएका क्वारेन्टाइन तथा उत्पत्तिको प्रमाणपत्रसम्बन्धी झन्झट हटाउन पनि उनले आग्रह गरे।

भारतसँगको सम्बन्धमा मागेर मात्र उपलब्धि हासिल नहुने भन्दै भट्टराईले नेपालको आफ्नै आर्थिक तथा कूटनीतिक सामर्थ्य वृद्धि गर्नुपर्नेमा जोड दिए। उनका अनुसार आपसी आरोपप्रत्यारोपभन्दा संवाद, कूटनीति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सम्बन्ध सुधार गर्नुपर्छ।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : ०६ बजे

विश्व टेलिभिजन दिवस : सूचना, चेतना र विश्वलाई जोड्ने माध्यम

काठमाडौं ।  मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र

दैलेखमा बञ्चरो प्रहारबाट श्रीमतीसहित तीनको मृत्यु, एक बालक घाइते

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भारत भ्रमणमा ३५ वर्षदेखिका समस्या समाधान गर्न खनालको चुनौती

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

संसद् विघटनलाई लिएर राष्ट्रपतिमाथि ओलीको कटाक्ष, ‘डरपोक भएर असंवैधानिक कदम चाल्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार